नुवाकाेट– नुवाकाेटमा एक जना इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टाेलीले बेलकोटगढी नगरपालिकाका इन्जिनियर पर्वत पौडेललाई ७५ हजार रुपैयाँ घुस रकम लिँदै गर्दा पक्राउ गरेकाे हाे।
नुवाकाेटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार विदुर नगरपालिका ४ को व्यस्त बट्टार बजारमा रहेको एक मिठाइ पसमा बसेर सेवाग्राहीसँग विकास निर्माणको काम गरेबापत पौडेलले उक्त रकम लिँदै गरेका थिए।
त्यस्तै अख्तियारकाे टाेलीले घुस खुवाउने कार्यमा रहेका एक जना बिचौलियासमेत पक्राउ गरेकाे छ। पक्राउ परेका दुबै जनालाई काठमाडौं लगेर थप अनुसन्धान भइरहेको ढकालले बताए।