एजेन्सी– बलिउड सेलिब्रेटीहरुले प्रायः फोटोग्राफर्सको सामना गरिरहनुपर्छ। जहाँ सेलिब्रेटी पुग्छन् त्यहाँ पत्रकारहरु पनि फोटोका लागि पुगिहाल्छन् र सेलिब्रेटी पनि फोटोको लागि पोज दिन थाल्छन्।
कतियप स्थितिमा भने सेलिब्रेटीहरु फोटो खिचाउन चाहँदैनन्। व्यक्तिगत कामले सेलिब्रेटी कतै पुगेका बेला उनीहरु आफ्नो फोटो कसैले खिचाेस् भन्ने चाहिरहेका हुँदैनन् तर पत्रकारहरु जबरजस्ती फोटो लिन खोज्छन्। त्यसबेला पत्रकारमाथि सेलिब्रेटीबाट खनिने गर्छन्।
यस्तै एक घटना दिपीका पादुकोणसँग पनि भएको छ। फोटो पत्रकारले दिक्क बनाएपछि दिपीकाले पत्रकारविरुद्ध कानुनी उपचार खोज्ने धम्की दिएकी छिन्। उनी अभिनेत्री अनन्या पाण्डेसँगै धर्मा अफिसबाट बाहिर निस्कँदा पत्रकारले उनको तस्वीर खिचेका थिए।
त्यसपछि पनि पत्रकारले उनलाई पछ्याउन नछोडेपछि दिपीकाले पत्रकारलाई गाली गरेकी हुन्। रिर्पोटका अनुसार दिपीकाले कारबाट निस्किएर ती पत्रकारलाई गाली गर्दै कानुनी उपचार खोज्ने चेतावनीसमेत दिएकी छिन्।