एजेन्सी– शनिबार जापानमा शक्तिशाली भूकम्प गएको छ। जापानको भूगर्भ विभागका अनुसार चिचिजिमालाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्नीच्युडको भूकम्प गएको हो।
झण्डै दश किलोमिटर गहिराइबाट कम्पन भएको भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन। भूकम्पपछि कुनै आँधीको खतरा नरहेको विभागले जानकारी दिएको छ।