प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन्।
प्रधानमन्त्री ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग मिलेर काम गर्ने पनि बताएका छन्।
‘शानदार र ऐतिहासिक जीतका लागि तपाईंहरूलाई बधाई छ, दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउनका लागि अमेरिकाको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने आशा व्यक्त गर्दछु,’ प्रधानमन्त्री ओलीले आइतबार बिहान ट्वीट गर्दै बाइडेन र ह्यारिसलाई मेन्सन गर्दै लेखेका छन्।
डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन्। उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरेका हुन्। बाइडेनकै तर्फबाट उपराष्ट्रपति पदमा कमला ह्यारिस निर्वाचित भएकी छन्।