एजेन्सी– मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई अहिले नै बधाई नदिने बताएका छन्। राष्ट्रपति ओब्राडोरले कानूनी विवादहरु टुंगो नलागेसम्म बाईडेनलाई बधाई नदिने बताएका हुन्।
अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनलाई विभिन्न ओहदाका व्यक्तिहरुले विश्वभरबाट बधाई दिइरहेका बेला मेक्सिकोका राष्ट्रपतिले पनि यस्तो घोषणा गरेका हुन्। बाइडेनलाई बधाई दिनु हतारो हुने भन्दै उनले कानूनी रुपमा विवाद सकिएपछि मात्र आफूले बधाई दिने स्पष्ट पारे।
बाइडेन चुनावी प्रतिस्पर्धी डोनाल्ड ट्रम्पलाई पराजित गर्दै शनिबार राति अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् भने उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी भएकी छिन्।