एजेन्सी – बलिउड अभिनेता साहरुख खान ‘पठान’मा देखिने भएका छन् । उनी फिल्म ‘जिरो’ असफल भएपछि पर्दामा देखिएका थिएनन् ।
यशराज ब्यानरको निर्माणमा बन्न लागेको एक्सनप्रधान चलचित्र ‘पठान’मा नायक जोन अव्राहिम नेगिटिभ भूमिकामा रहेको भारतिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।
फिल्ममा नायिकाको रुपमा दीपिका पादुकोण रहने भएकी छिन् । भारतीय मिडियाका अनुसार, चलचित्रमा नायक सलमान खानको पनि केमियो भूमिका हुनेछ ।
यसैविच, भारतीय मिडियाले चलचित्रका लागि जोन र दीपिकाले लिएको पारिश्रमिक खुलासा गरेका छन् । भारतीय अनलाइन बलिउड हंगामाका अनुसार, चलचित्रका लागि जोन अव्राहिमले २० करोड र दीपिका पादुकोणले १५ करोड पारिश्रमिक लिएका छन् ।