काठमाडौं– नेपाललाई भारतले २८ भेन्टिलेटर सहयोग गरेको छ। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले एक कार्यक्रमबिच स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई २८ भेन्टिलेटर सहयाेग हस्तान्तरण गरेका हुन्।
भेन्टिलेटर हस्तान्तरण गर्दै क्वात्राले महामारीको समयमा दुबै देशले एक अर्कालाई सघाउनुपर्ने बताए। उनले भारतले नेपाललाई कोरोना संक्रमणको शुरुवाती समयदेखि नै सहयोग गर्दै आएको र आगामि दिनहरुले पनि निरन्तर सहयोग गरिरहने बताएका छन्।
त्यस्तै स्वास्थ्यमन्त्री ढकालले सहयोगको लागि भारत सरकारलाई धन्यवाद दिएका छन्। उनले सहयोग प्राप्त भेन्टिलेटर उपयुक्त ठाउँमा पठाउने बताए।