काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोली अहिले बंगलादेशमा छ। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान गरेको नेपाली टोलीले अभ्यास सुरु गरेको छ।
बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोली बिहीबर ढाका गएको थियो। ढाका पुगेपछि गरेको परीक्षणमा सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो। त्यसलगत्तै आइतबार टोलीले अभ्यास सुरु गरेको हो।
नेपालले कात्तिक २८ र मङ्सिर २ गते बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ। ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने पाँच बजे सुरू हुनेछ।