बाँके– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ४ मा रहेको एक होटलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। बसपार्क नजिकै रहेको सल्यानी न्यु सगरमाथा होटलमा काभ्रे धुलिखेलका ४० वर्षीय राजु भुतेल मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।
शनिबार राति होटलमा कोठा लिई बसेका राजु बिहान अबेरसम्म नउठेपछि होटल व्यवसायीलाई प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।