एजेन्सी – भारतिय पत्रकार अर्नब गोस्वामीलाई क्वारेन्टिनबाट जेल पठाइएको छ । भारतीय समाचार संस्था (पिटिआई)का अनुसार रिपब्लिक टिभीका संस्थापक एवं प्रधानसंपादक गोस्वामीलाई मोबाइल फोन चलाएको पाइएपछि तलोजा जेल पठाइएको हो ।
प्रहरीले उनले अन्य व्यक्तिको मोबाइलबाट सामाजिक संजाल चलाएकाे जानकारी दिएकाे छ । अर्नबसँगै मुम्बई प्रहरीले फिरोज शेख र नितिश शारदालाई सन् २०१८ को ४ नोभेम्वरमा इन्टेरियर डिजाइनर अन्वय नाइक तथा उनकी आमाले आत्महत्याका लागि दुरूत्सहान गरेको भन्दै पक्राउ गरेको हो ।
अर्नबको जमानत याचिका बम्बे हाईकोर्टले आज फैसला सुनाउँदैछ।