मोरङ – मोरङमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङका विभिन्न अस्पतालमा उपचाररत झापा, उदयपुर र सिरहाका कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा रहेकी छिन् । मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा आज बिहान उपचारको क्रममा उनमाे मृत्यु भएको हो ।
त्यस्तै झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भएकाे छ। उपचाररत ती पुरूषको बिहान ७ बजे मृत्यु भएको हाे ।
यस्तै सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उपचारका क्रममा उनको आइतबार राति १० बजे मृत्यु भएको हो ।