काठमाडौं– नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। सरकारले सोमबार शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।
उर्जा मन्त्रालयले शाक्यलाई एनईए इन्जिनियरिङ कम्पनीमा काज फिर्ता गराएर प्राधिकरणको निमित्त कार्यकारी निर्देशको जिम्मेवारी दिएको हो। शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले शाक्यलाई काज फिर्ता गराउन निर्देशन दिएका थिए ।
बरिष्ठताका आधारमा जिम्मेवारी दिइनुपर्नेमा आफूभन्दा तल्लो तहमा रहेका लेखनाथ कोइरालालाई निमित्त कार्यकारीको जिम्मेवाराी दिएपछि शाक्य असन्तुष्ट बनेका थिए। यसअधिका कार्यकारी निर्देशक कुलमान घिसिङले नै शाक्यलाई एनईएको जिम्मेवारी दिएका थिए ।
२०७३ सालमा स्थापित एनईए प्राधिकरणको सहायक कम्पनी हो । शाक्य त्यसको प्रवन्ध निर्देशक रहेका थिए । एनईए इन्जिनियरिङ कम्पनीको नेतृत्वमा रहेका उनी प्रसारण लाइनको विषयमा राम्रो जानकार मानिन्छन्।