पछिल्लाे २४ घण्टामा थप २ हजार ५ सय ७१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। यससँगै कुल संक्रमितकाे संख्या संख्या १ लाख ९७ हजार २४ पुगेको छ।
त्यस्तै, काेरानाबाट थप १८ जनाकाे ज्यान गएकाे छ। यससँगै मृतककाे संख्या १ हजार १ सय २६ पुगेकाे छ।
बितेको २४ घण्टामा थप १ हजार ७ सय ९८ जना काेराेनामुक्त भएकासँगै नेपालमा काेराेना जित्नेकाे कुल संख्या १ लाख ६९ हजार ७२४ पुगेको छ।
देशभर सक्रिय संक्रमितकाे संख्या ३६ हजार १ सय ७४ रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएकाे छ।
जसमध्ये २९ हजार ८ सय ३६ जना होम आइसोलेसन र ४ सय ११ जनाको आइसियू र ८३ जनाको भेन्टिलेटरमा रहेका छन्।
काठमाडौं उपत्यकामा १ हजार ४ सय २८ लाई कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १ हजार १ सय ३६, ललितपुरमा २ सय १ र भक्तपुरमा ९१ जनालाई कोरोना पुष्टि भएको छ।
कास्कीमा १ सय ५१ जना, मोरङमा १ सय ४८ जना र सुनसरीमा ९१ जनालाई कोरोना पुष्टि भएको छ। त्यसैगरी, रुपन्देहीमा ८५, कैलालीमा ६६, काभ्रेमा ४७, दोलखामा ४२, मकवानपुरमा ४२, कपिलवस्तुमा २९ जनालाई कोरोना पुष्टि भएको छ।