एजेन्सी– विवादित पत्रकार अर्नब गोस्वामीलाई जमानतमा रिहा गर्न मुम्बईको उच्च अदालतले अस्विकार गरेको छ। आत्महत्या दुरुत्साहनको मुद्दामा हिरासतमा रहेका उनलाई रिहा गर्न अदालतले अस्विकार गरेको छ।
भारतको रिपब्लिक टेलिभिजनका संस्थापक रहेका ४७ वर्षीय गोस्वामिलाई गतसाता हिरासतमा लिइएको थियो र १४ दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिइएको थियो ।
गोस्वामिमाथि उनको स्टुडियो डिजाइन गर्ने इन्टेरियर डिजाइनलाई आत्महत्याका लागि बाध्य पारेको आरोप छ । गोस्वामिले भने आफूमाथि लागेको सबै आरोप अस्वीकार गर्दै आएका छन् ।