एजेन्सी – डेनमार्कमा हाल एक जनावरबाट मानिसमा कोरोनाभाइरस सरेको देखिएको छ । भुँवा र रौंका लागि प्रयोग हुने न्याउरी मुसाजस्तै देखिने जनावर मिन्कबाट कोरोना भाइरस फैलिएको देखिएको हाे।
पछिल्लो समय मानिसबाट मिन्कमा सरेको कोरोना भाइरस फेरि मानिसलाई सरेको देखिएपछि डेनमार्कले १ करोड ७० लाख मिन्क मार्ने निर्णय गरेकाे छ।
मिन्कबाट आएको नयाँ कोरोनाभाइरस फैलिए हाल बनिरहेका भ्याक्सिनले काम नगर्ने ठानेर अधिकारीहरूले पूर्वसावधानी स्वरूप यति ठूलो संख्यामा मिन्क मार्न लागेका हुन्।
अहिलेसम्म कुकुर, बिरालोलाई पनि कोरोनाभाइरस देखिएको छ तर उनीहरूको सम्पर्कमा आउका मानिसमा भाइरस सरेको देखिएको छैन।