काठमाडौं – सरकारले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्री परिषद् बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई सच्याँउदै अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुने र सरकारी अस्पतालमा निःशुल्क उपचार हुने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयमा निजी अस्पतालबारे भने केही निर्णय नभएको स्रोतको भनाई छ । सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय उच्याउन दबाब परेको थियो ।