काठमाडाैं– मगंलबार बिहान फेसबुकम सुसाइड नोट पोस्ट गरेर बेपत्ता भएका डाक्टर भेटिएका छन्। राधेराधेमा द सिटी डेन्टल हस्पिटल सञ्चालन गर्दै आएका दन्तरोग विशेषज्ञ डा. दिगम्बर झा काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित अरनिको राजमार्गमा भेटिएका हुन्।
राधेराधेबाट बेपत्ता भएका डा. झाको फोन तथा उनले चढेको गाडी ट्रेसिङ गर्दै जाँदा पछिल्लो समय पनौती आसपास रहेको र त्यहाँ उनले चढ्दै आएको बा १६ च ८६७९ नम्बरको गाडीसमेत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार परिवारमा राम्रो सम्बन्ध नभएको कारण उनी घरबाट हिडेका थिए। उनी झोक्रराएर बसेको अवस्थामा फेला परेका हुन्।
डा. झाले सुसाइड नोटमा आफूले आत्महत्या गर्नुको कारण बुवा, आमा र बहिनीसहितका परिवारका सदस्य रहेको बताएका थिए। उनले फेसबुकमा लेखेका छन् ‘बुबा, आमा र बहिनीले जहिले मलाई दुविधामा पारिरहे। ‘मैले कहिल्यै पनि आफ्नो चाहना अनुसार गर्न पाइनँ, जहिले उनीहरुको माग पूरा गर्दा थाकिसकेँ।’