काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
पाँच जना सचिवालय सदस्यलाई भेट्नु अघि प्रचण्ड प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा पुगेका हुन् । भेटमा पार्टीभित्रको जारी विवादबारे छलफल भइरहेको बताइएको छ।
शनिबार अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यले बैठकको माग गर्दै प्रधानमन्त्री ओलीलाई पत्र बुझाएका थिए।
४ बजेपछि बस्ने बैठकमा प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुनेछन्।