काठमाडौं– नेपाली फिल्म नगरीका मेघास्टार अनमोल केसी र नवनायिका सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ ले युट्युबमा धमाल मच्चाइरहेको छ।
रिलिज भएको एकै दिनमा नेपालको ट्रेनिङ नम्बर एकमा पुगेको उक्त फिल्म पाँचौ दिनमा आइपुग्दा पनि राम्रो भ्युजका साथ ट्रेनिङ नम्बरमा एकमा नै रहेको छ। फिल्मलाई युट्युबमा ६० लाख ४५ हजारभन्दा बढी पटक हेरिएको छ।
राम्रो प्रतिक्रिया पाइरहेको फिल्म ‘ए मेरो हजुर ३’ ले २ लाख ३५ हजारभन्दा बढी लाइक पाएको भने १६ हजार डिसलाइक पाएको छ। त्यस्तै फिल्मले १६ हजार प्रतिक्रिया पाइसकेको छ। फिल्म छोटो समयमै धेरै भ्युज पाउने फिल्म बनेको छ भने छोटो समयमै धेरै लाइक पाउने फिल्म बनेको छ।
फिल्ममा अनमोल, सुहानाबाहेक बाहेक सलोन बस्नेत, रविन्द्र झालगायतका कलाकारको अभिनय रहेको छ। फिल्मले आउने दिनमा अरु थुप्रै रेकर्डहरु बनाउने आशा गरिएको छ।