काठमाडाैं– जिल्ला अदालत काठमाडौले मार्गदर्शन न्यूजडटकमका सम्पादक दीपक पाठकलाई सफाइ दिएको छ । न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको इजलासले सोमबार पाठकलाई सफाइ दिने फैसला गरेको काठमाडौँ अदालतमा श्रेष्तेदार भीम निरौलाले जानकारी दिए ।
रेडियो नेपालका पूर्व बोर्ड सदस्य पाठकलाई सामाजिक सञ्जाल फेसबुकबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक विषयमा आलोचना गरेकामा मुद्धा चलाइएको थियो ।
उक्त आलोचनाको विषयलाई लिएर अध्यक्ष दाहालको सचिवालयले प्रेस कान्सिलमा दिएको निवेदनका आधारमा काउन्सिलले पाठकविरुद्ध साइवर अपराधमा उजुरी दिएको थियो । सो उजुरीका आधारमा प्रहरीले गत वैशाख १७ गते मुद्दा चलाएको थियो । रासस