काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सांसद बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । गौतमलाई मन्त्री नबनाइयोस् भनी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा दायर गरेको रिटविरुद्ध आज सुनुवाइ हुन लागेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको सर्वोच्च अदालतले जानकारी दिएकाे छ ।
न्यायाधीशमा कोरोना संक्रमण भएपछि सरेको सुनुवाइ दशैँअघि सरेको थियो । प्रतिनिधिसभा निर्वाचन २०७४ मा बर्दियाबाट पराजित गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज १ गते राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन् ।