काठमाडौं – नायिका केकी अधिकारी र सुधीर श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । पुनम मोथेको शब्द रहेको ‘पहिलो माया’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
यो गीतमा शंकर थापाको संगीत र रचना रिमालको स्वर रहेको छ । निकेस खड्काको निर्देशन रहेको ‘पहिलो माया’ को म्युजिक भिडियोमा छोटो प्रेम कथा देख्न सकिन्छ । उक्त भिडियाेमा केकी र सुधीरसँगै प्रियना आचार्य पनि रहेकी छिन् ।
यस्तै भिडियोमा बुद्ध थापाको छायांकन तथा विकास धमलाको सम्पादन देख्न सकिन्छ ।