प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभाको सीमा किमाथांका पुगेका छन्। ओलीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहितको टोली किमाथांका पुगेको हो।
उत्तरी छिमेकी देश चीनसँगको सीमा क्षेत्रमा पुगेका ओलीले सीमा क्षेत्रको सुरक्षा अवस्थाको निरीक्षण गर्ने छन्। अरुण तेस्रो जलविद्युत् आयोजनाको अवलोकन गर्ने तथा किमाथांका भएर हुने अन्तरदेशीय व्यापारको सम्भाव्यताबारे अध्ययन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालय श्रोतले बताएको छ।
नेपाली सेनाको हेलिकप्टरबाट बिहान ९ बजे संखुवासभा गएका ओली आजै काठमाडौं फर्किने छन्। फागुनमा मिर्गाैला प्रत्याराेपण गरेपछि काठमाडाैंबाट बाहिर नगएका ओलीकाे पहिलाे गन्तव्य किमाथांका भएकाे हाे।