एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को उपाधि मुम्बई इन्डियन्सले जित्यो। मंगलबार भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई पाँचौ पटक आइपिएल च्याम्पियन बन्यो।
आइपिएल २०२० को अवार्ड तालिका :
फाइनल खेलका म्यान अफ दि म्याच – ट्रेन्ट बल्ट
मुम्बई इन्डियन्सका बलर ट्रेन्ट बल्ट फाइनल खेलका म्यान अफ दि म्याच बने। दिल्लीविरुद्धको फाइनल खेलमा उनले ४ ओभरमा ३ विकेट लिएका थिए।
इमर्जिङ प्लेयर अफ दि सिजन – देवदत्त पडिक्कल
रोयल चयालेन्जर्स ब्याङ्ग्लोरका ओपनर ब्याट्समयान देवदत्त पडिक्कल इमर्जिङ प्लेयर अफ दि सिजन बनेका छन्। भारतीय युवा ब्याट्सम्यान पडिक्कलले १५ खेलमा ४७३ रन बनाएका थिए जसमा ५ अर्धशतक सामेल छ।
फेयर प्ले अवार्ड – मुम्बई इन्डियन्स
आइपिएल २०२० को फेयर प्ले अवार्ड मुम्बई इन्डियन्सले जितेको छ। च्याम्पियन बनेको मुम्बईले प्रतियोगिता दौरान खेल भावनाको उच्च सम्मान राखेबापत यो अवार्ड पाएको हो।
गेम चेन्जर अफ दि सिजन – केएल राहुल
प्रतियोगिता दौरान आफ्नो प्रदर्शनबाट धेरैपटक खेलको नतिजा उल्टाउन मद्धत गर्ने खेलाडीलाई गेम चेन्जर अफ दि सिजन नामक अवार्ड प्रदान गरिने प्रचलन छ। किङ्ग्स ११ पञ्जाबका केएल राहुलले आइपिएल २०२० को गेम चेन्जर अफ दि सिजन अवार्ड पाएका छन्।
सुपर स्ट्राइकर अफ दि सिजन – किरोन पोलार्ड
आइपिएल २०२० को मा सुपर स्ट्राइकर अफ दि सिजन अवार्ड किरोन पोलार्डले जितेका छन्। उनले १९१.४२ को स्ट्राइक रेटमा १२ खेलबाट २६८ रन बनाएका थिए।
मस्ट सिक्सेस इन दि सिजन – इशान किसान
आइपिएल २०२० को मस्ट सिक्सेस इन दि सिजन अवार्ड मुम्बईका इशान किसानले पाए। उनले प्रतियोगिता सबैभन्दा बढी ३० ओटा छक्का प्रहार गरेका थिए।
पावर प्लेयर अफ दि सिजन – ट्रेन्ट बल्ट
पावर प्ले मा राम्रो रन बनाउने वा धेरै विकेट लिने खेलाडीलाई दिइने पावर प्लेयर अफ दि सिजन अवार्ड मुम्बई इन्डियन्सका बलर ट्रेन्ट बल्टले जितेका छन्।
पर्पल क्याप प्लेयर अफ दि सिजन – कगिसो रबाडा
पर्पल क्याप अफ दि सिजन प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने खेलाडीलाई दिइने अवार्ड हो। आइपिएल २०२० को पर्पल क्याप अफ दि सिजन दिल्लीका कगिसो रबाडाले जितेका छन्। उनले प्रतियोगितामा ३० विकेट लिएका थिए।
ओरेन्ज क्याप प्लेयर अफ दि सिजन – केएल राहुल
ओरेन्ज क्याप प्लेयर अफ दि सिजन प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने खेलाडीलाई दिइन्छ। आइपिएल २०२० को ओरेन्ज क्याप प्लेयर अफ दि सिजन पञ्जाबका केएल राहुलले पाएका छन्। उनले प्रतियोगितामा ६७० रन बनाएका थिए।
मस्ट भ्यालुएबल प्लेयर अफ दि सिजन – जोफ्रा आर्चर
बलिङ र फिल्डिङमा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई मस्ट भ्यालुएबल प्लेयर अफ दि सिजन अवार्ड दिने गरिन्छ। आइपिएल २०२० को अवार्ड राजस्थान रोयल्सका जोफ्रा आर्चरले पाए। उनले २० विकेट लिनुका साथै ५ क्याच समाएका थिए।
रनर अप टिम अफ दि सिजन – दिल्ली क्यापिटल्स
फाइनलमा पराजित टिम रनर अप टिम अफ दि सिजन बन्छ। फाइनलमा मुम्बईसँग हारेसँग दिलली क्यापिटल्स आइपिएल २०२० को रनर अप टिम अफ दि सिजन बनेको छ।
विनर टिम अफ दि सिजन – मुम्बई इन्डियन्स
आइपिएल २०२० को विनर टिम अफ दि सिजन मुम्बई इन्डियन्स बनेको छ। मुम्बई यसपटक सँगै पाँचौ पटक आइपिएल च्याम्पियन बनेको छ।