एजेन्सी– ५० वर्षसम्म बहराइनको प्रधानमन्त्रीको जिम्मा सम्हालेका शेख खलिफाको निधन भएको छ। सन् १९७० देखि बहराइनको प्रधानमन्त्री रहेका उनको निधन भएको बहराइनको राजदरबारले जानकारी दिएको छ।
८४ वर्षीय खालिफाको उपचारका क्रममा अमेरिकाको मायो क्लिनिक अस्पतालमा निधन भएको हो। उनको पार्थिव शरिरलाई बहराइन लगी थोरै मानिसको उपस्थितिमा अन्तिम संस्कार गरिने छ।
बहराइनका राजाले खलिफाको निधनमा एक हप्ता लामो राष्ट्रिय शोक घोषणा गरेका छन्। भोलिदेखि तीन दिनसम्म बहराइनका सरकारी कार्यालयमा विदा दिइएको छ। खलिफा लामो समयसम्म प्रधानमन्त्री हुने विश्वका पहिलो व्यक्ति हुन्।