एजेन्सी– बलिउड अभिनेता सैफ अली खानले आफ्नो पारिश्रमिक तीन गुणाले बढाएका छन्। ठूलो पर्दामा उनको फिल्म कमै मात्रामा चले पनि ओटिटिले उनको करियरलाई नयाँ दिशा दिएको छ।
‘सेक्रेट गेम्स’ उनको करियरमा ‘गेम चेन्जर’ साबित भयो। ओटिटिमा आफ्नो सफलता देखेर सैफले आफ्नो पारिश्रमिक बढाएका हुन्।
पहिले एक फिल्मको ३ करोड भारु लिने सैफले अब ११ करोड भारु लिने तयारी गरेका छन्। यसबारे कुनै आधिकारीक जानकारी भने आएको छैन।