काठमाडौं – सरकारले मंसिर २ गते किजा पूजाको दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।
यो वर्ष तिहारमा तिथि विवाद छ । नेपाल पञ्चाङ्ग निर्णायकले यसवर्ष कात्तिक २९ गते बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा, ३० गते गाईरगोरु पूजा तथा नेवाः समुदायको म्हपूजा र मंसिर १ गते गोवद्र्धन पूजा तथा भाइपूजा तोकेको छ ।
तर नेवाः समुदायले २९ गते नरक चतुर्दशीका दिनमा लक्ष्मीपूजा नगर्ने बताएका छन् । यसोगर्दा ३० गते लक्ष्मीपूजा, मंसिर १ गते नेपाल संवत् नयाँ वर्षको पहिलो दिन म्हपूजा र मंसिर २ गते मंगलबार किजापूजा (भाइटीका) गर्नुपर्छ ।