एजेन्सी– कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक फाइभ ९२ प्रतिशत प्रभावकारी भएको रुसले दाबी गरेको छ। बुधबार अन्तरिम परीक्षणमा भ्याक्सिनको प्रभावकारिता ९२ प्रतिशत देखिएको रूसको सार्वभौम वेल्थ फन्डले जानकारी दिएको छ।
रुसमा गत अगस्टमा नै स्पुतनिक फाइभ खोपले मान्यता पाएको थियो। संसारका अरू मुलुकभन्दा पहिला कोरोना भ्याक्सिन बनाउने लक्ष्यका साथ रूसले तेस्रो चरणको परीक्षण बिनै खोपलाई स्वीकृति दिएको छ।
दुई दिन अघि मात्र अमेरिकी कम्पनी फाइजरले आफूले उत्पादन गरेको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको बताएको थियो।