संसारभर छरिएर रहेका बागलुङेहरूको साझा संस्था अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ।
भर्चुअल माध्यमबाट आयोजित अधिवेशनले स्पेन निवासी एकराज गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। समितिका उपाध्यक्षहरूमा कृष्णप्रसाद शर्मा (युके), बेलुकाजी थापा (जापान), रमेश भट्ट (कतार), दीपक गौतम (क्यानडा) तथा सुमन बिष्ट (अष्ट्रेलिया) निर्वाचित भएका छन्।
महासचिवमा देवु पौडेल (बेल्जियम) निर्वाचित भएका छन्। सचिवहरूमा अशोक शर्मा (डेनमार्क), प्रेमसागर पौडेल (कोरिया) दीपेन्द्र आचार्य (पोर्चुगल) चयन भएका छन्।
त्यस्तै कोषाध्यक्षमा सिद्धार्थ श्रेष्ठ (जापान) र सहकोषाध्यक्षमा महेशकुमार खाती (डेनमार्क) निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी महादेशहरूमध्ये अमेरिका संयोजकमा नवराज पन्त (अमेरिका), युरोप संयोजकमा महेन्द्र खड्का (डेनमार्क) र एसिया संयोजकमा विष्णु चापागाई (मलेशिया) चयन भएका छन्।
सदस्यहरूमा चन्द्रकान्त शर्मा, सन्तोष शर्मा, सज्जन हमाल, बमबहादुर जिसी, ज्ञानु शर्मा, कर्ण बुढाथोकी, गमबहादुर विक र विदुर गौतम चयन भएका छन्। साथै सबै देशमा रहेका बागलुङ समाजका अध्यक्ष तथा संयोजकहरू पदेन सदस्य रहने छन्।
निर्वाचित नयाँ कार्यसमितिको घोषणा निर्वाचन समितिका संयोजक तथा निवर्तमान अध्यक्ष होमनाथ शर्माले गरेका थिए। नवनिर्वाचित अध्यक्ष गिरीले समाजले बागलुङका निर्वाचित जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गरी बागलुङका उत्पादन संसारभरि चिनाउने र निर्यात गर्ने वातावरण बनाउन काम गर्ने बताए।