काठमाडौं– बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ।
अर्थ मन्त्री विष्णु पौडेलका अनुसार केसीको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरिएकाे हाे। केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार बुटवलबाट काठमाडौं आएका केसीको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।