बुटवल– बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत ७ जना डाक्टरले राजीनामा दिएका छन्। कोरोना जोखिम भत्ता नपाएको भन्दै उनीहरुले राजीनामा दिएका हुन्।
तीन महिनादेखि जोखिम भत्ता नपाएको डाक्टरहरुले गुनासो गरेका छन्। उनीहरूको राजीनामाका कारण अस्पतालको सेवा प्रभावित भएको छ। लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई जोखिम भत्ता बापतको रकम पठाए पनि डाक्टरहरुले पाएका छैनन्।
सामाजिक विकास मन्त्रालयले तिहारपछि जोखिम भत्ता उपलब्ध गराउने बताएको छ। तर, डाक्टरहरुले भत्ता पाएपछि मात्र काममा फर्कने जानकारी दिएका छन्।