सामाजिक सञ्जालकाे दुरुपयाेग गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–४ बस्ने २० वर्षीय अखिल नेपाली पक्राउ परेका हुन्।
फेसबुककाे ‘फेक आइडी’ बनाएर बालिकालाई अश्लिल म्यासेज र फोटो पठाउने नेपालीलाई बिहीबार बिहान काठमाडौं महानगरपालिका वडा नं १७ बाट प्रहरीले पक्राउ गरेको हो।
बालिकाको बारेमा यौनअश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने गरेको उजुरीका आधारमा प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको टोलीले नेपालीलाई पक्राउ गरेको हो।
साइबर ब्यूराेका अनुसार नेपालीमाथि साइबर अपराध अनुसार आवश्यक अनुसन्धान भइरहेको छ।