एजेन्सी – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पाकिस्तानको सरकारलाई आफ्ना नागरिकको मानवअधिकारको रक्षा गर्न आग्रह गरेका छन् । उनले बुधबार बेलायतको संसदको बैठकमा बाेल्दै यस्ताे आग्रह गरेका हुन् ।
उनले पाकिस्तान सरकारले आफ्ना नागरिकको लागि उनीहरुको आधारभूत अधिकारहरुको रक्षा गर्नुपर्ने बताएका थिए । संसदमा यहाँका एक सांसदले सोधको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । सो प्रश्नको जवाफमा प्रधानमन्त्री बोरिस जोनसनले भने, ' हामीले पाकिस्तानको सरकारलाई यो भन्न चाहन्छौँ कि पाकिस्तानले आफ्ना नागरिकहरुको कम्तीमा पनि उनीहरुको आधारभूत अधिकारको रक्षा गर्नुपर्दछ ।'
केही समय यतादेखि पाकिस्तानमा नागरिकहरुको अधिकार हनन् हुने गरेको र यस्तो कार्य भइरहेको भए पनि यहाँका सरकारी अधिकारीहरुले नै बेवास्ता गर्ने गरेको भन्दै त्यसको विरोध हुदै आएको थियो । यसै विषयमा बेलायतको संसदमा पनि यहाँका प्रधानमन्त्री जोनसनलाई पो प्रश्न गरिएको थियो ।
पाकिस्तानमा पछिल्ला केही समयमा यहाँका नागरिकहरुको गैरन्यायिक हत्या हुने गरेको आरोप लगाइएको छ । यस क्रममा विश्वका अरु देशले पनि मानवअधिकारको हनन् भएको भन्दै चासो लिने गरेका छन् । तर पाकिस्तानले भने यहाँ यस्ता कार्यमा संलग्नहरुमाथि कारबाही गरिएको बताउने गरेको पनि समाचारमा जनाइएको छ ।