काठमाडाैं– अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि सरकारले प्रस्ताव गरेको तीनै जना राजदूतको नाम अनुमोदन भएको छ।
संसदीय सुनुवाइ समितिले राजदूतको रुपमा अमेरिकाका लागि पूर्वअर्थमन्त्री युवराज खतिवडा, बेलायतका लागि पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्माको नाम अनुमोदन गरेको हो।
समितिमा खतिवडा र रेग्मीविरूद्ध उजुरी परेको थियो। तर उजुरीकर्ताहरू समितिको सम्पर्कमा नआएपछि समितिले सर्वसम्मत रूपमा उनीहरूकाे नाम अनुमाेदन गरेकाे हाे। प्रस्तावित राजदूतहरूले समितिकाे बैठकमा आफ्नो योग्यता र क्षमता समितिमा प्रस्तुत गरका थिए।