एजेन्सी– बलिउड कलाकार अमिताभ आसिफ बसराले देहत्याग गरेका छन्। दिवंगत नायक सुशान्त सिंह राजपूतसँग ‘काई पो चे’ मा काम गरेका बसराले देहत्याग गरेका छन्।
५३ वर्षीय बसराले कुकुर बाध्ने डोरीले फाँसी लगाएर हिमाचल प्रदेशको धर्मशालास्थित मैक्लोडगञ्जको एउटा क्याफेमा देहत्याग गरेका हुन्। उनकाे आत्महत्याकाे कारण खुलेकाे छैन। डिप्रेसनको कारण देहत्याग गर्न सकेको हुनसक्ने बताइएको छ।
आसिफ सन् १९९८ देखि फिल्ममा सक्रिय थिए। उनले ‘वो’, ‘ब्ल्याक फ्राइडे’, ‘जब वी मेट’, ‘वन्स अपन अ टाइम इन मुम्बई’, ‘कृष–३’ र ‘हिचक’ मा काम गरेका थिए। यसअघि नायक शुसान्त सिंह राजपुतले पनि देहत्याग गरेका थिए।