काठमाडौं – नेपालीहरुको दाेस्राे महान चाड तिहार आजबाट सुरु भएको छ । आज तिहारको पहिलो दिन देशभर कागको पूजाआजा गरि मनाइदैँ छ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा यमराजको दूतको रुपमा लिइने कागलाई मनपर्ने खाना खान दिने गरिन्छ ।
कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने विश्वासका साथ कागको पूजा गर्ने चलन रहि आएको छ । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।
त्यस्तै (भाेलाी) कात्तिक २९ गते बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा, ३० गते गाईरगोरु पूजा तथा नेवाः समुदायको म्हपूजा र मंसिर १ गते गोवद्र्धन पूजा तथा भाइपूजा तोकेको छ ।
तर नेवाः समुदायले २९ गते (भाेली) नरक चतुर्दशीका दिनमा लक्ष्मीपूजा नगर्ने बताएका छन् । यसोगर्दा ३० गते लक्ष्मीपूजा, मंसिर १ गते नेपाल संवत् नयाँ वर्षको पहिलो दिन म्हपूजा र मंसिर २ गते मंगलबार किजापूजा (भाइटीका) गर्नुपर्छ ।