एजेन्सी– वर्तमान अवस्थामा अमेरिका विश्वकाे सबैभन्दा बढी कोरोना संक्रमित भएकाे देश हाे। त्यस्तै अमेरिकामा काेराेना संक्रमणबाट मर्नेकाे संख्या पनि सबैभन्दा बढी छ।
अमेरिकामा बिहीबार काेराेना संक्रमितकाे संख्यामा नयाँ कीर्तिमान बनेकाे छ। त्यहाँ बिहीबार यहाँ एकै दिन १ लाख ४२ हजार कोरोना संक्रमित भेटिए। एकैदिन सबैभन्दा बढी संक्रमित भेटिएको याे पहिलाे पटक हाे।
त्यहाँ पछिल्लो १० दिनयताकाे तथ्याङ्क हेर्दा संक्रमितको संख्या दिनहुँ १ लाखको दरले बढिरहेको छ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जाे वाइडेनले विजयी भएलगत्तै कोरोनालाई नियन्त्रण गर्न विशेष टास्क फोर्सको गठन गरेका थिए। टास्क फोर्सकाे काम प्रभावकारी भएकाे छैन।
जाडाे माैसम शुरू भएसँगै अमेरिकामा कोरोना संक्रमणको दर बडेकाे न्युयोर्क टाइम्सले बताएको छ। त्यहाँकाे स्वास्थ्य विभागका अनुसार पछिल्लो १० दिनमा ११ लाख २९ हजार ४ सय ६३ नयाँ संक्रमित भेटिएका छन्। हालसम्म यहाँ २ लाख ४८ हजारभन्दा बढी मानिसको निधन भइसकेको छ।