एजेन्सी – फेसबुक मेसेन्जरमा ‘भ्यानिस मोड’ नामक नयाँ फिचर सार्वजनिक हुने भएको छ । ‘भ्यानिस मोड’ मा बसेर च्याट गरेका मेसेजहरु सुरक्षीत रहने बताइएको छ ।
मेसेज सेभ नहुने यो फिचर छिट्टै इस्टाग्राममा पनि आउने हिन्दुस्तान टेकले जानकारी दिएको छ। मेसेन्जरमा ‘भ्यानिस मोड’ मा बसेर च्याट गर्दा मेसेज सेभ हुदैन । स्न्याप च्याटमा जस्तै मेसेज टेक्स्ट, फोटो, भिडिओ, जिआइएफ, स्टिकर र अन्य रियाक्सनहरु हराउने गर्छन् ।
भ्यानिस मोडमा तपाईं कोहीसँग च्याट गर्दै हुनुहुन्छ र यदी च्याट गरिरहेको व्यक्तिले ‘स्क्रिनसट’ लिन्छ भने तपाईंलाई यसबारे जानकारी गराइन्छ।
हाल फेसबुक मेसेन्जरले ‘भ्यानिस मोड’ अमेरिका र अन्य केही देशहरूमा लागू गरिसकेको छ। र, छिट्टै विश्वव्यापी प्रयोगकर्ताहरुमा उपलब्ध हुने बताइएको छ।
गत साता मात्रै ह्वाट्सएपले सार्वजनिक गरेको ‘डिस्अपियरिङ मेसेज’ फिचर भन्दा ‘भ्यानिस मोड’ फरक छ।