काठमाडाैं- दुबई जान लागेका चार चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ। प्रहरीका अनुसार लिओको साथबाट १५० वटा एनसेलको सीम कार्ड, १२ वटा रेडमीको मोबाइल, जिङसियाङको साथबाट १०० वटा एनसेलको सीम कार्ड, १४ वटा एमआईको मोबाइल र डुपेईको साथबाट १५० वटा एनसेल र २० वटा स्मार्ट टेलिकमको सिमकार्ड भेटिएको थियो ।
प्रहरीका अनुसार उनीहरुको साथमा चार सय २० वटा नेपाली सीम कार्ड बरामद भएको छ। उनीहरुको गतिविधि शंकास्पद देखिएपछि महानगरीय अपराध अनुसन्धान महाशाखाले छानविन गरेको थियो। नियमित चेकजाँचको क्रममा ठूलो परिणाममा नेपाली सीम कार्ड भेटिएपछि चिनियाँ नागरिकलाई फर्काइएको हाे।
त्यसक्रममा अवैध कलबाइपास (भीओआईपीरजीओआईपी) जस्ता अवैध गतिविधिमा संलग्न हुनसक्ने आशंका गरिए पनि कुनै कनेक्सन नपाइएको महाशाखाका प्रमुख एसएसपी दिपक थापा बताउँछन् ।
विमानस्थल सुरक्षाकर्मिका अनुसार ई ४८९८२२६२, ईएफ ६०९७७१५ र ईडी ८३३२९१७ नम्बरको राहदानी बाहक क्रमशः लिओ विझी, लिओ जिङसियाङ र डुपेई विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाको अनुसन्धानका लागि प्रहरी चिनियाँ भाषाको अनुवादकसमेत मगाएको थियो।