काठमाडाैं – पछिल्लाे २४ घण्टामा नेपालमा २ हजार १११ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १११ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितकाे संख्या २ लाख ६ हजार ३५३ पुगेको छ।
संक्रमितमध्ये १ हजार २०७ जना काठमाडौं उपत्यकाका रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ९१९, भक्तपुरमा १०८ र ललितपुरमा १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे ।
त्यस्तै, काेरानाबाट थप १३ जनाकाे मृत्यु भएकाे छ । यससँगै मृतककाे संख्या एक हजार २०२ पुगेकाे छ।
बितेको २४ घण्टामा थप ३ हजार ५३७ जना काेराेनामुक्त भएसँगै नेपालमा काेराेना जित्नेकाे कुल संख्या ११ लाख ६८ हजार १२९ पुगेको छ।