काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा शुरु भएको छ । बहुमत सचिवालय सदस्यहरुको दबाबपछि प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आज बैठक बोलाएका हुन् ।
बैठकमा सरकारका कामकारबाही, मन्त्रिमण्डल पुर्नगठन, राजदूतको नियुक्तिको सिफारिस, पार्टीको विवाद समाधान र स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
सचिवालयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल, ईश्वर पोखरेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका छन्।