काठमाडाैं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगसिर ३ गते बस्ने गरि सकिएको छ । प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा बसेको बैठकले अर्को बैठकको एजेण्डा तय गरेको छ ।
आगामी बैठकमा पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने एजेण्डा तय भएको छ।
कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले २७ गतेसम्म पनि प्रधानमन्त्री ओलीले बैठक नबोलाएमा आफूहरूले नै बैठक राख्ने चेतावनी दिएका थिए।
बैठकमा अन्तरपार्टी निर्देशिका पढ्ने निर्णय भएकाे एक सचिवालय सदस्यले बताएका छन्।