काठमाडौं– बंगलादेशविरूद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। शुक्रबार भएको खेलमा नेपाल २–० गोलले पराजित भएको हो।
पाहुना टोली नेपालविरुद्ध घरेलु टोली बंगलादेशले खेलको ९ औं मिनेटमा नै अग्रता बनाएको थियो। उसका लागि नविद जीवनले गोल गरेका थिए। त्यस्तै दोस्रो हाफमा नेपालले थप एक गोल खान पुग्यो। खेलकाे ८० औं मिनेटमा बंगलादेशका महबुबुर रहमानले गोल गर्दै टाेलीकाे जित सुनिश्चित गरे।
आक्रमण कमजोर देखिएको नेपालले खेलमा फर्कने प्रयास गरेपनि असफल भयो। दुई मैत्रीपूर्ण खेल खेल्न बंगलादेश पुगेको नेपालले मंसिर २ गते दोस्रो खेल खेल्नेछ।