काठमाडाैं– डा. गोविन्द केसीमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको छ। चिकित्सा शिक्षा सुधारका लागि लामाे समयदेखि अनवरत रूपमा लागिपरेका उनीमा काेराेना संक्रमण भएकाे हाे।
स्राेतका अनुसार शुक्रबार डा. केसीकाे काेराना परीक्षण रिपाेर्ट पाेजेटिभ आएकाे हाे। बिहीबार सामान्य रुघाखोकी, ज्वरोको लक्षण देखिएपछि केसीकाे कोरोना परीक्षण गरिएकाे थियाे।