एजेन्सी– फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोट खेलमा उरुग्वेले कोलम्वियालाई पराजित गरेकाे छ। शुक्रबार राति भएकाे खेलमा उरुग्वेले कोलम्वियालाई ३–० गाेलले हराएकाे हाे।
उरुग्वेको सहज जितमा एडिन्सन काभनी, लुइस सुआरेज र डार्विन नुनेजले गोल गरेका थिए। खेलको पाँचौ मिनेटमा नै एडिन्सन काभनीको गोलबाट उरुग्वेले घरेलु टोलीविरुद्ध अग्रता लिएको थियो। त्यस्तै खेलकाे ५४ औं मिनेटान लुइस सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे। जेइसन मुरिल्लोले पेनाल्टी बक्समा उरुग्वेका खेलाडीलाई फल गरेपछि उरुग्वेले पेनाल्टी पाएकाे थियाे।
७२ औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै उरुग्वेको जित पक्का गरे। उनले लुकास टोरेराको पासलाई सदुपयोग गरेका थिए। जितसँगै उरुग्वे ३ खेलबाट ६ अंक जोडेर चौथो स्थानमा छ भने पराजित कोलम्विया ४ अंककाे साथ छैटौं स्थानमा छ।