एजेन्सी – अमेरिकी राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक प्रदर्शनमा उत्रिएका छन्। राष्ट्रपतीका उम्मेदवार रहेका ट्रम्पले चुनावी परिणाममा असन्तुष्टि जनाएपछि उनका समर्थकले प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा ट्रम्पका समर्थक र विपक्षीबीच झडप भएकाे छ। वाशिङ्टनमा दुई ठूला समूहबीच मूठभेड हुँदा एक जना व्यक्तिलाई छुरा हानिएको बीबीसीले जानकारी दिएकाे छ।
राष्ट्रपति ट्रम्पले चुनावमा जो बाइडनको जितलाई आधारहीन र अमान्य भन्दै आएका छन्। उनले चुनावमा भएको पराजय अस्वीकार गर्दा उनका समर्थक सडकमा आएका हुन्।