काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ। आज बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा पार्टीभित्रको विवादको अन्त्यबारे छलफल भएको बताइएको छ।
पौडेल दुई अध्यक्षलाई मिलाउन सहजीकरण गरिरहेका छन् । बुधबार (भोलि)का लागि बोलाइएको सचिवालय बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पछि सार्नु पर्ने पक्षमा छन् भने बहुमत सदस्य भोलि नै बैठक बस्नु पर्ने पक्षमा छन् ।
कार्तीक २७ गते बसेको सचिवालय बैठकमा प्रचण्डले एकतर्फी रूपमा राजनीतिक प्रतिवेदन पेश गरेका थिए। प्रतिवेदनमा प्रधानमन्त्रीमाथि जथाभावी आरोप लगाइएको भन्दै प्रधानमन्त्री ओली पक्षधर नेताहरूले फिर्ता लिनुपर्ने बताउँदै आएका छन्न्।
प्रचण्डले प्रतिवेदन फिर्ता नलिए मंसिर ३ गतेको सचिवालय बैठक समेत प्रभावित हुन सक्ने बताइएको छ।