काठमाडाैं – बुधबार बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक केही दिन पछाडि सार्न केपी ओली पक्षले प्रचण्ड–माधव पक्षसँग प्रस्ताव गरेको छ ।
कात्तिक २८ गते शुरु भएको सचिवालय बैठक बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी तय भएको थियो । तर नेकपाका कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भने बैठक सार्नेरनसार्ने विषय पनि बैठकबाटै टुंगो लगाउनुपर्ने ओली पक्षलाई जवाफ दिएको बुझिएको छ।
अध्यक्ष एवं प्रधानमन्त्री ओलीसहित उनीपक्षीय नेताहरु नेकपा भित्रको विवाद मिलाउन सघन छलफलमा जुटेका छन् ।बालुवाटारको छलफलमा ओलीसहित महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवालीलगायत नेताहरु सहभागी छन् ।
शुक्रबारको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले केपी ओलीमाथि विभिन्न आरोपहरु लगाउँदै १९ पन्ने लामो प्रस्ताव पेश गरेका छन् । बुधबारको बैठकमा सो प्रस्तावमाथि छलफल हुनुपर्ने प्रचण्डको अडान छ भने ओली पक्षले चाहिँ प्रचण्डले सो प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ ।
प्रचण्डले बुझाएको एकल प्रस्ताव फिर्ता नगरेसम्म ओलीले बैठक सार्ने तयारी गरेका छन्। ओलीकाे प्रस्ताव लिएर प्रचण्ड निवास पुगेका महासचिव पाैडेल उपलब्धिविहीन संवाद भएकाे भन्दै फर्किएका छन्।