काठमाडाैं- अग्रज समाजसेवी, नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष रमेशकुमार शर्माको आज निधन भएको छ। कोभिडलाई जितेर पनि निमोनिया र अन्य स्वास्थ्य समस्याका कारण आज बिहान उनको ग्राण्डी अस्पतालमा निधन भएको हो। त्रियानब्बे वर्षीय शर्माको मृत्युले सामाजिक सेवा क्षेत्रले एक अगुवा गुमाएको छ।
उनले स्पेनका राजाबाट समाजसेवा सम्मान प्राप्त गरेका थिए। आजै उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। सोसाइटीको तर्फबाट अध्यक्ष डा नेत्रप्रसाद तिम्सिना र महामन्त्री पीताम्बर अर्यालले स्व शर्माको पार्थिव शरीरमा रेडक्रसको झण्डा र पुष्पगुच्छा अर्पण गरेका थिए। उनका तीन छोरा र दुई छोरीहरु छन्।