काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ।
देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो। नमुना परीक्षण कम भएसँगै संक्रमितकाे संख्यामा कमी आएकाे हाे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ। पछिल्लो २४ घण्टामा थप २८७८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। यससँगै काेराेना संक्रमणबाट मर्नेकाे संख्या एक हजार २४७ पुगेको छ।